पक्राउ परेका इटहरीका युवा ।
सुनसरीः सुनसरी हरिनगरा–६ बस्ने २५ वर्षीय जिवराइल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन् ।
अन्सारीलाई इटहरी–६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । अन्सारीले अवैध लागुऔषधको कारोबार गर्ने गरेको सुचना पाएसँगै प्रहरीको निगरानीमा रहेका उनलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रण पश्चात उनले बोकेको झोला चेकजाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा १६ सय नाइट्रोजन ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।
यस्तै, मोरङको दरैयाबाट ३६ वर्षीय दीपक तामाङ लागुऔषधसहित पक्राउ परेका छन् । साँझ पौने ७ बजे मोटरसाइकलमा रहेका तामाङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट स्पास्मो १० चक्की, नाइट्रोभेट १० चक्की र डाइलेक्स डिसी ३ बोतल लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका दुवै जना उपर कानुनी कारबाही अगाडी बढाइएको छ ।
