Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिर्तामोडको सैनिकमोडबाट खैरोहिरोइनसहित दुईजनाा पक्राउ

हाम्रो कोशी आवाज
असोज १४ २०७७, बुधबार
बिर्तामोडको सैनिकमोडबाट खैरोहिरोइनसहित दुईजनाा पक्राउ

बिर्तामोडः झापाको बिर्तामोडस्थित सैनिकमोडबाट लागूऔषध खैरो हिरोइन ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ वर्षीय नरबहादुर राजवंशी रहेका छन् । हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । साथै उनीहरुको साथबाट नगद ९ हजार रुपैंयाँ समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।

प्रकाशित मिति: असोज १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend