Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झन्डै बेचिइन् अर्की किशोरी

हाम्रो कोशी आवाज
असोज १४ २०७७, बुधबार
झन्डै बेचिइन् अर्की किशोरी

युवती लिएर हिँडेका युवा र महिला सार्वजनिक गरिँदै । साथमा बेच्न लगिएकी युवती (अनुहार छोपिएकी) । तस्वीर सौजन्यः मिकाइल आलम, सुनसरी

सुनसरीः सुनसरीकी युवती भारततर्फ बली दिने उद्देश्य लगेको थाहा पाएर प्रहरीले उद्दार गरेको छ ।
केही हप्ताअघि पनि भारत लगिएकी एक किशोरीको आइतबार मोरङमा उद्धार भएको थियो । रामधुनी नगरपालिका–५ कि १७ वर्षीय किशोरीलाई विराटनगर हुँदै तीनजनाको समूहले भारत लगेको प्रहरीले जनाएको छ ।
भारत लगिएकी एक किशोरीको बुधबार उद्धार भएको हो । सप्तरी दौलतपुर नगरपालिका ३ बस्ने १८ वर्षीया विपना चौधरीलाई भारतको भीमनगरमा पूजा छ भन्दै लगिएको पाइएको प्रहरीले जनाएको छ ।
नेपाल भारतबीच रहेको खुल्ला सीमा सिल रहेको अवस्थामा चोर बाटो हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा सशस्त्र प्रहरी बल बिओपी नेपाल भण्टाबारीले उद्धार गरेको हो ।
युवतीलाई भारत लाने एक महिला र दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । युवती लिएर हिँडेका अग्नीसाइबर कृष्णसवरण गाउँपालिका ४ बस्ने वर्ष २९ का साहिल मन्सुरी, सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २२ वर्षकी सूचीनकला चौधरी र सिरहाको लहान नगरपालिका १९ बस्ने ३२ वर्षका जीवछ साह पक्राउ परेका छन् ।
युवतीलाई फकाएर भारतको विहार राज्यतर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोशी गाउँपालिकास्थित भाण्टाबारी नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो । युवतीलाई भारतीय सुरक्षा बल (एसएसबी) को सहयोगमा सशस्त्र प्रहरीको बीओपी भाण्टावारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भुवन खड्काको नेतृत्वको टोलीले उद्धार गरेको हो ।
सशस्त्र प्रहरीको चार नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले भारतको वीरपुर राज्यको भीमनगर मन्दिरमा पूजा गर्न जाँदा पुजारीले तीन लाख बढी पैसा दिने भन्दै युवतीलाई फकाएर बली दिन लगेको अनुसन्धानमा खुलेको बताए । सशस्त्र प्रहरी उपरीक्षक पौडेलले ठूलो रकमको ‘डिल’ भएर युवतीलाई भारत पुरयाउन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

प्रकाशित मिति: असोज १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend