Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खैरोहिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

हाम्रो कोशी आवाज
असोज १६ २०७७, शुक्रबार
खैरोहिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

बिर्तामोडः झापा कचनकवल–१ बगान एरिया र गौरीगंज गाँउपालिका–२ दासचौरीबाट तीन भारतीय नागरिक लागूऔषध खैरोहिरोइन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेका छन् । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आलमलाई प्लाष्टिकमा उनले लुकाइछिपाइ राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंहमारी ग्रामपञ्चायतका २० वर्षीय मुजफर आलिग र २५ वर्षीय जहागिर आलम रहेका छन् । उनीहरुलाइ दासचौरीस्थितमा खटिएको प्रहरी टोलीले बिहीबार राति सँवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना भारतिय नागरिक उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

।

 

प्रकाशित मिति: असोज १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend