Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका दुईजनासहित चन्दा संकलन गर्ने युवा समातिए

हाम्रो कोशी आवाज
असोज १७ २०७७, शनिबार
धरानका दुईजनासहित चन्दा संकलन गर्ने युवा समातिए

धरानः किड्नी फेल भएको भन्दै स्थानीयसँग चन्दा संकलन गर्ने तीनजना पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२ देवीथान क्षेत्रमा छोराको किड्नी फेल भएको भन्दै स्थानीयसँग चन्दा संकलन गरिरहेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान–१६ स्थित गैरीगाउँका २१ वर्षीय अमन मगर, भोजपुरको कटुन्जे–९ घर भई धरान–१६, गैरीगाउँ बस्ने २५ वर्षीय मदन खत्री र झापाको खुदनाबारी घर भएका ललित गिरी रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए ।
पटक–पटक विभिन्न बहानामा अमन मगर, मदन खत्री, र ललित गिरीले पैसा माग्ने गरेको भन्दै स्थानीयले आजित भएर बुधबार प्रहरीलाई खबर गरेका थिए । खबरसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले उनीहरुको शंकास्पद गतिविधि अनुसन्धान गरेका थिए । प्रहरीको टोलीले तीनै जनाले झुठो बहानामा आर्थिक सहयोग मागी ठगी गर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
बिरामीको बाहानामा स्थानीयलाई हैरानी दिएपछि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । प्रहरीले तीनै जनामाथि आवश्यक कानुनी कारबाही र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend