Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झाडीमा लागूऔषध लुकाउने सुनसरीका युवा पक्राउ

हाम्रो कोशी आवाज
असोज १८ २०७७, आइतबार
झाडीमा लागूऔषध लुकाउने सुनसरीका युवा पक्राउ

सुनसरीः सुनसरीको इनरुवा–३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी दुहवी–१० का २६ वर्षीय दीपककुमार यादव र हरिनगर–६ का ३४ वर्षीय सहिद मियाँ रहेका छन् । पक्राउ परेका दुवैजनाले राजमार्ग छेउको झाडीमा लागूऔषध लुकाइछिपाइ राखिरहेको भन्ने सूचनाका आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणपश्चात् उनीहरूले लुकाउँदै गरेको बोरा चेकजाँच गर्दा १४० बोतल डाइलेक्स डिसी, ३९६० क्याप्सुल स्पास्मो प्रोक्जोभन प्लस र १३५० नित्राभेट ट्याब्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।
यसैगरी सुनसरीकै कोशी गाउँपालिका–३ नहरचोकबाट २८ वर्षीय कमरुदिन मियाँ लागूऔषधसहित पक्राउ परेका छन् । विशेष सुराकका आधारमा उनलाई शनिबार साढे १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मियाँलाई पक्राउ गरिएसँगै उनले बोकेको झोला खोलेर चेकजाँच गर्दा ४५ बोतल डाइलेक्स डिसी र ३२८ क्याप्सुल स्पास्मो प्रोक्जोभिन प्लस फेला बारी बरामद गरिएको हो । यसरी लागूऔषधसहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend