सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–२ तालतलैया पार्कमा रहेको जंगलमा लगेर बलात्कार गरी ज्यान मार्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको ग्राम थान गाउँपालिका–१ लखनतरी बस्ने ३० वर्षीय विकाशकुमार खाँ रहेका छन् । उनीमाथि परेको उजुरीसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले खाँलाई गत शनिबार पक्राउ गरेको हो । पक्राउपछि सुनसरी जिल्ला अदालतबाट म्याद लिई कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
गत फागुन २२ गतेको थियो । सुनसरी प्रहरी प्रमुख कमल थापाले आरोपी खाँले २२ वर्षीया एक युवतीलाई विवाह गर्ने आश्वासन दिएर यौन सम्पर्क राखेको र त्यसपछि विष खुवाएर मार्ने प्रयास गरेको दावी गरे । त्यसपछि खाँ फरार थिए ।