Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधसहित महिला पक्राउ

हाम्रो कोशी आवाज
असोज १९ २०७७, सोमबार
लागूऔषधसहित महिला पक्राउ

बिर्तामोडः लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको दमकबाट आज एकजना महिलालाई पक्राउ गरेको छ । ३५ ग्राम ब्राउन सुगरसहित दमक–९को दीपज्योति टोलमा बस्ने ३० वर्षीया रुपा चौधरी पक्राउ परेकी हुन् ।
चौधरीको कोठाबाट कारोवार हुने गरेको सूचनाका आधारमा घटनास्थल पुगेको दमक प्रहरीको टोलीले छापा मारेर ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले पलङमुनि पाँच वटा प्लाष्टिकको पोका बनाएर राखिएको अवस्थामा चौधरीको कोठाबाट उक्त परिमाणको ब्राउन सुगर बरामद भएको जानकारी दिए ।
प्रहरीले चौधरीको कोठाबाट ७४ हजार ६ सय १५ रुपैयाँ पनि बरामद गरेको छ ।

प्रकाशित मिति: असोज १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend