Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका सीतारामको खोकी चल्दा पेट फुटेपछि…

हाम्रो कोशी आवाज
असोज २३ २०७७, शुक्रबार
धरानका सीतारामको खोकी चल्दा पेट फुटेपछि…

धरानः धरानमा एक व्यक्ति पेट फुटेपछि एक व्यक्ति समस्यामा परेका छन् ।
धरान–९ पुतलीलाइनस्थित सुकुम्बासी वस्तीमा बस्दै आएका सीताराम विकको पेट फुटेको अवस्थामा छ । अप्रेसन गरेको पेट पुनः फुटेको हो । ‘सात महिनाअघि जोडले पेट दुख्यो, त्यसपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगियो, चिकित्सकले तुरुन्त अप्रेसन गर्नुपर्छ भन्नुभयो, अप्रेसन गरियो, त्यसपछि घर फिरियो, घरमा आएपछि एक्कासी खोकी चल्दा पेट फुटेको हो ।’ उनले भने ।
अहिले पेटबाट दिशा गर्दै आएका उनी आर्थिक समस्याले नै थप उपचार गर्न नसकेको बताउँछन् । उनको घाउ औषधि नखाए दुख्ने, पोल्ने गरेको उनले बताए । ‘अहिले रोग नै पालेर बस्दै आएको छु’, उनले भने, ‘आर्थिक समस्याले नै रोग पाल्नुपरिरहेको हो ।’
यसअघि नै अप्रेसन गर्दा आफूलाई ऋण लागेको उनले जानकारी दिए । ‘शुरुमा अप्रेसन गरेको ८० हजार रुपैयाँ ऋण छ, यो तेस्रो अप्रेसन हो, अब आफसँग पैसा छैन, साता महिना भयो, उपचार गर्न सकेको छैन ।’ उनले दुखेसो पोखे । उनले कतिपयले सहयोग गरेको तर त्यति सहयोगले नपुगेको बताए । चिकित्सकले तीन लाख रूपैयाँ लाग्ने भनेपनि अहिलेसम्म लाख रूपैयाँ पनि नपुगेको उनले जानकारी दिए ।
उनको अप्रेसन गर्नुपर्ने भएकाले परिवार यतिबेला चिन्तित अवस्थामा छ । आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सबैसँग सहयोगको अपिल गरेको उनले बताए । ‘म बाँच्न चाहन्छु’, उनले भने, ‘त्यसैले सबैले गरिदिन हुन आग्रह गर्दछु ।’
सफेद चरण संस्थाका उपाध्यक्ष डेविड सुब्बाले उनको उपचारका लागि सहयोगी मनबाट करिब दुई लाख रूपैयाँ सहयोग आइसकेको र अन्य रकमको अभाव भएको उनले जानकारी दिए । उनले विकको यसअघि पनि ऋण रहेकोले तीन लाख बढी खर्च लाग्ने बताए । ‘उहाँलाई सबै मिलेर बचाऔं, त्यसका लागि सहयोगी मनले सहयोग गरौं ।’ उनले भने ।

प्रकाशित मिति: असोज २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend