धरानः पाथिभरा ब्याडमिन्टन समूहको आयोजनामा धरान नगरस्तरीय ब्याडमिन्टन नकआउट प्रतियोगिता सम्पन्न भएको छ ।
कार्तिक १ गते शुरु भई आइतबार सम्पन्न भएको कार्यक्रम आयोजक सञ्चालक मनि बान्तवाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ क्याप्टेन क्लब धरान–१५ र विजय चर्च धरान–४ फाइनलमा प्रवेश गरेका थिए । बोजय चर्च प्रथम, क्याप्टेन क्लब दोस्रो र तेस्रो भएका थिए । बिजेता पुरुष खेलाडी क्षितिज राई र विजय राईले नगद १० हजार प्राप्त गरे । दोस्रो हुने दिल्ली लिम्बू र सन्तोष लिम्बूले नगद ६ हजार र तेस्रो हुने सागर राई र रुद्र लिम्बूले नगद ३ हजार प्राप्त गरे ।
प्रतियोगिताको महिलातर्फ याङ्ला शेर्पा र सुनिता लिम्बू प्रथम हुँदै नगद ५ हजार प्राप्त गरे । दोस्रो स्थान प्राप्त गर्ने यासिका लामा र रेनुका मगरले नगद २ हजार ५ सय प्राप्त गरे। प्रतियोगितामा पुरुषतर्फ २४ टिम र महिलातर्फ ५ टिमले भाग लिएका थिए ।
प्रतियोगिता धरान–१५ पाथिभरा लाइनमा सम्पन्न भएको हो । कोभिडमा सबै क्षेत्र नैराश्य अवस्थामा रहेको बेला खेलाडीको मनोबल बढाउने उद्देश्यले प्रतियोगिता गराइएको आयोजकले जनाएको छ । भौतिक तथा सामाजिक दुरी कायम गर्दै सम्पन्न गरिएको प्रतियोगिताको समापन कार्यक्रममा मुख्य अम्पायरको भूमिकामा शम्भु राई रहेका थिए ।
समापन कार्यक्रममा स्थानीय समाजसेवी देउमान लिम्बू, मिलन राई, मान्धोज राई, मुक्ति लिम्बू, गोपाल राई लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी सुनसरी जिल्ला ब्याडमिन्टन संघका सदस्यहरु तथा खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।
