Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

क्रिकेटमा सट्टेबाजीको कारोबार, खेल खेलाउने तीन पक्राउ

हाम्रो कोशी आवाज
कार्तिक ३ २०७७, सोमबार
क्रिकेटमा सट्टेबाजीको कारोबार, खेल खेलाउने तीन पक्राउ

विराटनगरः मोरङको विराटनगर–१६ स्थित भट्टीमोडबाट ठूलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ३७ वर्षीय पुरूषोत्तम साह, ३५ वर्षीय मञ्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अली रहेका छन् ।
पक्राउ परेका तीनैजनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंयाँ, ३ थान डायरी, ५ थान मोबाइल र १ थान को१८प ६८८९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुले अनलाइनबाट कुन टिमको हारजीत हुन्छ भनी बाजी मार्नका लागि रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका तीनैजनाउपर कानुनी कारबाही अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend