Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी गाउँपालिकाबाट लागूऔषधसहित दुईजना समातिए

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७७, बुधबार
कोशी गाउँपालिकाबाट लागूऔषधसहित दुईजना समातिए

सुनसरीः कोशी गाँउपालिका–१ स्थित एरियाबाट प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोशी गाँउपालिका–५ का ३८ वर्षीय अशोक यादव र जिल्ला सुपौल त्रिवेणी ग्रामपञ्चायत १ का २२ वर्षीय सन्तोषकुमार यादव रहेका छन् ।
विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले को१७प २८१९ नम्बरको मोटरसाइकलमा आइरहेका अशोक र अर्का भारतीय नागरिक सन्तोषलाई बुधबार बिहान ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ३५ बोतल डाइलेक्स डिसी र १०८० स्पास्मो प्रोक्सिभन ट्याब्लटे फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।

प्रकाशित मिति: कार्तिक ५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend