Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जवरजस्ती करणी गरी फरार तीन पक्राउ

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७७, बिहिबार
जवरजस्ती करणी गरी फरार तीन पक्राउ

विराटनगरः जवरजस्ती करणी उद्योगका तीनजना फरार प्रतिबादीहरुलाइ पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा मोरङ धनपालथान–७ का २० वर्षीय जयकृष्ण मण्डल, २१ वर्षीय रोशनकुमार मण्डल र २३ वर्षीय मन्जित मण्डल रहेका छन् ।
उनीहरुलाई आफ्नै गाउँघर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
पक्राउ परेका तीनैजनाले २०७६ साल साउन १५ गते राति ११ बजे मोरङकै १३ वर्षीया र १९ वर्षीयालाइ जवरजस्ती करणी उद्योग गरी फरार रहेका थिए । प्रहरीको निगरानीमा रही पक्राउ परेका तीनैजनाउपर इलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडि बढाइएको छ ।

प्रकाशित मिति: कार्तिक ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend