Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बालबालिकाले आफैं रोजेर लिए दशैंका लुगा

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७७, बिहिबार
धरानमा बालबालिकाले आफैं रोजेर लिए दशैंका लुगा

धरानः दशैं विशेषतः बालबालिकाका लागि रमाइलो चाड हो । दशैंमा नयाँ लुगा लगाउन पाउँदा, मीठो मसिना खान पाउँदा बालबालिका त्यसै फुरुङ्ग बन्छन् ।
यसै क्रममा धरान–३ मा रहेको सरस्वती बाल आश्रमका बालबालिकाले दशैंका एकसरो लुगा रोजीरोजी किनेका छन् । आफैं पसल पुगेर रोजीरोजी लुगा लिएका हुन् ।
अमेरिकामा बस्ने राधा पुरी र छोरा समिर पुरीले पठाइएको ४२ हजार रूपैयाँले आश्रममा रहेका २८ बालबालिकाले लुगा लगाउन पाएका हुन् । ‘अमेरिकामा बस्ने पुरी परिवारले आश्रमका बालबालिकालाई दशैंमा एकसरो लुगा लगाइदिनु भनेर पठाउनुभएको रहेछ, त्यही रकमले प्रत्येक दिन एक, दुई जना गर्दै आश्रमका बालबालिका बजारमा लगेर लुगा किनिदियौं’, आश्रमका पूर्व सहसचिव समेत रहेका अनिल मास्केले भने ।
अधिकांश कपडा पसलेले सहुलियत दरमा कपडा उपलब्ध गराएको सचिव मनिष खड्गीले जानकारी दिए । ‘आश्रममा आश्रित बालबालिका भनेपछि अधिकांश पसलेले पनि सहुलित गरिदिनुभएको छ, उहाँहरूलाई विशेष धन्यवाद ।’ उनले भने ।
सदस्य विकास वनेपालीले आश्रममा २८ जना बालबालिका रहेको र उनीहरू दाताकै भरमा आश्रित रहेको बताए । ‘खानेकुरा, लत्ताकपडा, पठनपाठन आदिमा दाताकै भर छ’, उनले भने । आश्रममा विशेषतः अनाथ बालबालिका आश्रित छन् ।

प्रकाशित मिति: कार्तिक ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend