Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लुकाइछिपाइ पटका भित्र्याइँदै

हाम्रो कोशी आवाज
कार्तिक १५ २०७७, शनिबार
लुकाइछिपाइ पटका भित्र्याइँदै

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१५ हल्दीबारीस्थित एरियाबाट एक लाख रूपैयाँ मूल्य बराबरको अतिसबाजी (पटका) बरामद गरिएको छ ।
सोही एरियास्थितमा पटकाहरु लुकाइछिपाइ राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ साढे ७ बजे एक लाख मूल्य बराबरको विभिन्न ब्राण्डका अतिसबाजी (पटका) हरु बरामद गरेको हो । लुकाइछिपाइ राखिएको अवस्थामा पटकाहरु बरामद गरिएसँगै थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १५ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend