Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खैरोहिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो कोशी आवाज
कार्तिक १६ २०७७, आइतबार
खैरोहिरोइनसहित भारतीय नागरिक पक्राउ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागूऔषधसहित भारतिय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङ्गाल खोरोबारीका २५ वर्षीय साधिक आलम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई शनिबार पौने ४ बजे नियन्त्रणमा लिएका थियो ।
नियन्त्रण पश्चात उनीमाथि चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाइ राखिएको २६ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रही कार्यालयले झापाले जनाएको छ । पक्राउ परेका आलमउपर इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।

प्रकाशित मिति: कार्तिक १६ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend