Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका जुवाडेसहित पाँच जुवाडे लाखौं रकमसहित पक्राउ

हाम्रो कोशी आवाज
कार्तिक १६ २०७७, आइतबार
धरानका जुवाडेसहित पाँच जुवाडे लाखौं रकमसहित पक्राउ

विराटनगरः मोरङको केराबारी गाँउपालिकाबाट जुवाको खालबाट प्रहरीले ८ लाख ८९ हजार नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।
केराबारी गाँउपालिका–६ स्थित ६० वर्षीय भुपेन्द्र भट्टराईको घरमा जुवा खेलिरहेको अवस्थामा भट्टराईसहित ४३ वर्षीय बोधराज मगर, ३८ वर्षीय शैलेस भुजेल, ३६ वर्षीयद्धय अरुण केसी र हरि खत्री पक्राउ परेका हुन् । पक्राउ परेका अरुण केसी, हरि खत्री र शैलेश भुजेल धरान उपमहानगरपालिकाका बासिन्दा हुन् ।
विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले ८ लाख ८९ हजार रुपैयाँसहित दुईवटा स्कूटर, दुईवटा मोटरसाइकल र १३ बुक तास पनि बरामद गरेको छ ।

प्रकाशित मिति: कार्तिक १६ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend