Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङमा बेग्लाबेग्लै बलात्कारका घटनाका आरोपी पक्राउ

हाम्रो कोशी आवाज
कार्तिक १८ २०७७, मंगलबार
मोरङमा बेग्लाबेग्लै बलात्कारका घटनाका आरोपी पक्राउ

विराटनगरः मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जंगलमा कात्तिक १३ गते राति ११ः३० बजे सोही नगरपालिका–३ का सुकमान तामाङले चक्रबहादुर चौधरीको सहयोगमा एक बालिकालाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै, सोही दिन दिउँसो करिब ३ः३० मा मोरङको ग्रामथान गाउँपालिका–२ निवासी ४० वर्षीय जुमेश सरदारले स्थानीय एक युवतीलाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले आज जानकारी दिए । रासस

प्रकाशित मिति: कार्तिक १८ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend