सुनसरीः नियन्त्रित लागुऔषधसहित सुनसरीबाट ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले डाइलेक्स डिसी १०० एमएलको ४७ बोतलसहित भारतीय नागरीकहरु १९ वर्षीय महेशकुमार मेहेता र सुरेशकुमार गुप्ता तथा कोशी गाँउपालिका–१ का मनिष यादवलाई कोशी गाउँपालिका–१ बाट पक्राउ गरेको हो ।
यसैगरी इनरुवा नगरपालिका–४ बाट लागुऔषध नाईट्रोसन ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इनरुवाबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका–१ का २८ वर्षीय नुनुलाल उराव र रामधुनी नगरपालिका–३ का २५ वर्षीय नफिल मियालाई ८ ट्याब्लेट नाइट्रोसनसहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।