विराटनगरः सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का १४ वर्षीय डम्बरबहादुर कुमरलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।
विराटनगर महानगरपालिका १६ स्थित दक्षिण गेटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको पिकेट टोलीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । कुमरलाई चेकजाँच गर्दा लागूऔषध फेला पारिएपछि नियन्त्रणमा लिइएको हो ।
बालकको साथबाट एभिल–७, लुपिजेसिक–७, फेनारगन–६, डाइजेपाम–६ गरी जम्मा २६ एम्पुल लागूऔषध बरामद गरिएको हो । बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए । उनलाई कसैले भरिया बनाएर लागूऔषध बोकाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बालकलाई इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।