सुनसरीः सुनसरीको दुहवी नगरपालिका–३ बाट तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सो स्थानमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले ७७ हजार ७ सय १० रूपैयाँ नगद र ३ बुङ ताससहित पक्राउ गरेको प्रदेश १ कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा दुहवी नगरपालिका–३ का ३४ वर्षीय अनिश सिंह, ४२ वर्षीय संसद मिया, ४६ वर्षीय मंगल शाह, ३६ वर्षीय टेकबहादुर गिरी, ३८ वर्षीय आलम अन्सारी, ३४ वर्षीय दीपक अकेला, ५२ वर्षीय मो.मोक्तार, ४५ वर्षीय हजरत मिया र ४४ वर्षीय सन्तोष बराल रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।