विराटनगरः विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट नियन्त्रित लागूऔषध गाँजासहित दुई महिला पक्राउ परेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको अनुसन्धान टोलीले मंगलबार दिउँसो १ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बस्ने ४० वर्षीया सीता राई र साँगुरीगढी गाउँपालिका–१ बस्ने २० वर्षीया बबिता राईलाई ५ केजी ७०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।