Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुकुरी प्रहार गरी हत्या

हाम्रो कोशी आवाज
मंसिर ८ २०७७, सोमबार
खुकुरी प्रहार गरी हत्या

हत्या गरेलगत्तै पक्राउ परेका भण्डारी ।

बिर्तामोडः झापामा खुकुरी प्रहार गर्दा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
खेतमा धान उठाउन जाँदा ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान ४७ वर्षीय चुडामणि भण्डारीले खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट टीकादेवीको आइतबार साढे ५ बजेको समयमा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धान उठाउन टीकादेवीसँग झापाकै दमक नगरपालिका–३ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाल पनि गएका थिए । प्रहरीका अनुसार चुडामणिले खुकुरी प्रहार गर्दा प्रकाश पनि घाइते भएका छन् । उनको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका भण्डारीले कमल गाउँपालिकका–६ जीवनचोकमा रहेको खेतबाट धान उठाउन गएका थिए । उनले प्रहार गरेको खुकुरीबाट स्थानीय प्रकाशचन्द्र दाहालसमेत घाइते भएका प्रहरीले जनाएको छ । दाहाल उनकै श्रीमतीसँग गएका थिए ।
यता घटना भएलगत्तै इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगेर भण्डारीलाई पक्राउ गरेको छ । आरोपी भण्डारीले आफू विदेशमा रहेको बेला कमाएर पठाएको रकम श्रीमतीले हिनामिना गरी परपुरुषसँग लागेको आशंकामा हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले प्रारम्भिक अनुसन्धानको क्रममा टीकादेवी र प्रकाशचन्द्रसँगै धान उठाउन जाँदा शंका लागेर खुकुरी प्रहार गरेको देखिन आएको बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।
आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि उनलाई इप्रका दमकमा राखिएको प्रवक्ता थापाले जानकारी दिएका छन् । इप्रका दमकका प्रमुख विजयराज पंण्डितका अनुसार दमकका चुणामणि भण्डारीले श्रीमती टिकामाया अर्कैसँग लागेको आरोपमा हत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ ।
घटना आइतबार साँझ करिब साढे ५ बजेको हो ।

प्रकाशित मिति: मंसिर ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend