बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–६ मा बोलेरो जीपको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ ।
आइतबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ज ३११९ नम्बरको बोलेरो ठक्करले ३२ वर्षीय केवल खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट तेह्रथुम आठराई घर भई हाल बिर्तामोड–६ बुट्टाबारीमा बस्दै आएका खवास गम्भीर घाइते बनेका थिए । उनको उपचारका क्रममा बी एण्ड सी अस्पतालमा आइतबार साँझ ६ः३५ बजेतिर मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बलेरो र चालक पाँचथरको हिलिहाङ गाउँपालिका–५ का २५ वर्षीय गोपाल पांथकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
