Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा गम्भीर घाइते दुईजनाको उपचारको क्रममा मृत्यु

हाम्रो कोशी आवाज
मंसिर ९ २०७७, मंगलबार
दुर्घटनामा गम्भीर घाइते दुईजनाको उपचारको क्रममा मृत्यु

बेलबारीः मोरङको बेलबारी–७ बस्ने ३७ वर्षीय नविन पौडेलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
सोमबार साँझ साढे ५ बजे बेलबारी–४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२प४२१६ नम्बरको मोटरसाइकल र को३९प ३८०१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को३९प ३८०१ नम्बरको मोटरसाइकल चालक नविन पौडेल गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका पौडेलको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै मोटरसाइकलमा रहेका अन्य तीन जना समेत घाइते भएकोमा उनीहरुको उपचार भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
यसैगरी मोरङ पथरी शनिश्चरे–२ स्थित राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बेलुका पौने ७ बजे को१ख ६८३१ नम्बरको बसले मे८प ६३७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा मेची नगरपालिका–९ बस्ने ३२ वर्षीय मुकेशप्रसाद पौडेल गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका पौडेलको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक सञ्जय साह नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend