Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झारफुकको बहानामा यौनशोषण गर्दै एक लाख र सुनको औंठी लिने समातिए

हाम्रो कोशी आवाज
मंसिर १२ २०७७, शुक्रबार
झारफुकको बहानामा यौनशोषण गर्दै एक लाख र सुनको औंठी लिने समातिए

धरानः झारफुक गरी रोग निको पारिदिने बहानामा महिलामाथि यौनशोषण गरेको आरोपमा उदयपुर प्रहरीले महिला र पुरुर्ष पक्राउ परेका छन् ।
आफूलाई धामी बताउने अर्जुन भनिने स्थानीय ३९ वर्षीय चुडामणि श्रेष्ठ र आफूलाई माता बताउने ४५ वर्षीय जुना राईलाई प्रहरीले पक्राउ गरेको हो । बिरामी परेर आएका २ जना महिलालाई झारफुक गर्ने भन्दै निर्वस्त्र पारेर यौनशोषण गरेको तथा एक लाख रुपैयाँ नगद र सुनको औंठी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले जानकारी दिए ।
एसपी दाहालका अनुसार उनीहरुले जुना राईकै घरको कोठामा राखेर २ जना महिलालाई भूत लागेको भन्दै उपचार गर्ने बहानामा एक लाख रुपैयाँ र सुनको औंठी लिएका थिए । यस्तै, शिवजीको उपचार गर्दा निर्वस्त्र हुनुपर्ने भन्दै यौन शोषण गर्ने गरेको पनि एसपी दाहालले बताए । दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको एसपी दाहालले बताए ।
यस्तै, जिल्ला अदालत उदयपुरले १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा एक किशोरलाई तीन महिनाको जेल सजायसहित रु १० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा तीन महिना जेल सजाय पाउने कसुरदार किशोर जिल्लाकै लिम्चुङबुङ गाउँपालिका–२ ताम्लीछाका १८ वर्षीय अभिषेक खत्री रहेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।
खत्रीले गत वैशाख ३० गते स्थानीय १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि खत्रीलाई जेठ ८ गते पक्राउ गरेर अनुसन्धान शुरु गरिएको थियो । थुनछेक बहसमा अदालतले खत्रीलाई धरौटीमा छाडेको अदालतले बताएको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले खत्रीलाई बालिकालाई यौन दुव्र्यवहार गरेको कसुर ठहर गर्दै तीन महिना जेल र रु १० हजार जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार कार्कीले बताए ।

प्रकाशित मिति: मंसिर १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend