Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उर्लाबारीमा तास खेल्ने सात र उदयपुरमा लागूऔषधसहित एक समातिए

हाम्रो कोशी आवाज
मंसिर १२ २०७७, शुक्रबार
उर्लाबारीमा तास खेल्ने सात र उदयपुरमा लागूऔषधसहित एक समातिए

विराटनगरः मोरङको उर्लाबारी नगरपालिका–९ दुर्गापुरीबाट तास खेल्दै गरेको अवस्थामा बिहीबार साँझ सात जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले तासको खालबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी–९ का ४८ वर्षीय बाबुराम कार्की, ४६ वर्षीय डम्बर लिम्बू, उर्लाबारी–८ का २६ वर्षीय विमल डाँगी, २७ वर्षीय जीवन मगर, ३२ वर्षीय गोविन्द पुरी, खोटाङ घर भई उर्लाबारी–९ मा बस्ने ६७ वर्षीय कुविरमान तामाङ र उर्लाबारी–३ का ४२ वर्षीय विष्णु राउत रहेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले तास खेलिरहेका बेला पक्राउ परेकाहरुको साथबाट तीन लाख २५ हजार एक सय ५५ रुपैयाँ नगद र तीन बुङ तास पनि बरामद भएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुविरुद्ध जुवा ऐन अन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइने छ ।
लागूऔषधसहित एकजना पक्राउ
उदयपुरको त्रियुगा नगरपालिका–१३ जोगीपोखरीबाट नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नगरपालिका–५ सप्तरीका १९ वर्षीय प्रदिप देउजालाई १९ ट्याब्लेट लागूऔषध नाइटोजेपामसहित पक्रउ गरेको हो । पक्राउ परेका देउजाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend