Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा छुरा हानेर फरार युवा १३ वर्षपछि समातिए

हाम्रो कोशी आवाज
मंसिर १४ २०७७, आइतबार
सुनसरीमा छुरा हानेर फरार युवा १३ वर्षपछि समातिए

सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुलाई १३ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ वर्षीय कृष्णकुमार धामीलाई पक्राउ गरेको हो । पक्राउ परेका यी प्रतिवादी लगाएत अन्य साथीहरु समेतले २०६४ साल बैशाख २८ गते साथीको विवाहमा जन्ती गएको समयमा एकम्बा गाउँ विकास समिति-४ का सुनेरकुमार ठाकुरलाई सामान्य विवादको विषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए ।
छुरा प्रहारबाट घाइते भएका ठाकुरको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना घटाई फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७७ साल मंसिर १२ गते उर्लाबारीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका धामीलाई जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सोही घटनामा संग्लग्न रहेका स्थानीय ३२ वर्षीय टाइसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी–६ का ३२ वर्षीय तुलसी चौधरीलाई श्रावण २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: मंसिर १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend