Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा हराएका बालक अन्ततः झाडीमा मृत भेटिए

हाम्रो कोशी आवाज
मंसिर १५ २०७७, सोमबार
सुनसरीमा हराएका बालक अन्ततः झाडीमा मृत भेटिए

सुनसरीः सुनसरीको दुहवी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । उनको शव झाडीमा भेटिएको छ । उनी कक्षा–११ मा अध्ययनरत थिए ।
यही मङ्सिर १० गते देखि हराइरहेका ती बालकको खोजतलास गर्ने क्रममा सोमबार बिहान ५ बजे दुहवी नगरपालिका–२ मा रहेको अरुण वनस्पति उद्योगको कम्पाउण्डको उत्तरपट्टि रहेको खाली जग्गाको झाडीमा चौधरीको शव फेला पारिएको मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारयण चौधरीका छोरा मंसिर १० गते साथीको घरमा जान्छु भनेर हिँडेका थिए । उनी कहीँकतै नभेटिएपछि खोजतलासका लागि आफन्तले इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते जाहेरी दिएका थिए । के कारणले सुरजको हत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका विशेष प्रहरी टोलीसहितले अहिले अनुसन्धान सुरु गरेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
बालक हराएको भनी इलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका–२ का २० वर्षीय सुमन झालाई नियन्त्रणमा लिएको छ । उनी साथी समेत रहेको आफन्तले बताएका छन् ।
नियन्त्रणमा लिइएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफूले कर्तव्य गरी मारेको र शवलाई झाडीमा फालेको भन्ने बयान दिएसँगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको हो ।
बालकको शव फेला परेसँगै थप अनुसन्धान भइरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै मृतक चौधरीको शव परीक्षणको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको सो कार्यालयले जनाएको छ ।

हत्यामा संलग्न झा ।

प्रकाशित मिति: मंसिर १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend