Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुटपिट गरी हत्या, तीनजना समातिए

हाम्रो कोशी आवाज
मंसिर १५ २०७७, सोमबार
कुटपिट गरी हत्या, तीनजना समातिए

बिर्तामोडः झापाको मेचीनगरमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ ।
मेचीनगर नगरपालिका- ४ का ५० वर्षका पूर्णबहादुर प्रधानलाई एक समूहले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
दोर्जी तामाङमाथि गरेको कुटपिटको विषयलाई लिएर तामाङसहितको समूहले प्रधानमाथि आक्रमण गरेको थियो । त्यसपछि प्रधानलाई उपचारका लागि आम्दा अस्पताल धूलाबारी पठाइएको र उपचारको क्रममा उनको आइतबार राति साढे ९ बजे मृत्यु भएको थियो ।
घटनामा संलग्नको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काकडभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले प्रेम भन्ने बेमा दोर्जी तामाङ, दिवस लुंगेली मगर र विशाल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । घटना आइतबार रातिको हो ।

प्रकाशित मिति: मंसिर १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend