Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सवारीको ठक्करबाट दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २१ २०७७, आइतबार
सवारीको ठक्करबाट दुईजनाको मृत्यु

विराटनगरः झापा शिवसताक्षी–८ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी–११ का ३२ वर्षीय रमेश विष्ट रहेका छन् । शनिबार राति सवा ९ बजे को२प ६९७० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका विष्टलाई ठक्कर दिँदा उनी गम्भीज्ञर घाइते भएका थिए ।
गम्भीर घाइते भएका विष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक शिवसताक्षी–७ बस्ने सन्तोष बेगा नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
यस्तै, उदयपुरको बेलका–८ सेती खोलास्थित मदन भण्डारी सडक खण्डमा पहिचान नखुलेको सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
४० वर्षीय हरि खत्रीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । खत्रीको घटनास्थलमै मृत्यु भएको हो । सवारी साधनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend