Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जोगवनीबाट भन्सार छलेर ल्याइएका सामान बरामद

हाम्रो कोशी आवाज
मंसिर २१ २०७७, आइतबार
जोगवनीबाट भन्सार छलेर ल्याइएका सामान बरामद

विराटनगरः भारतीय बजार जोगबनीबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु बरामद गरिएको छ ।
मोरङको विराटनगर–१६ दरैया नहरस्थितबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरिएको हो । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार बेलुका साढे ६ बजे करिब ९५ हजार २ सय ५० रुपैयाँ बराबरको विभिन्न ब्राण्डका लत्ताकपडा तथा अन्य सामानहरु बरामद गरेको थियो ।
बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउनेतर्फ आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: मंसिर २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend