उदयपुरः उदयपुरमा छोरीको कुटाइबाट बुबाको मृत्यु भएको छ ।
लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछामा २८ वर्षीय छोरी अनिता थापामगरको कुटाइबाट बुबा ५५ वर्षीय नेत्रबहादुर थापामगरको बुधबार राति मृत्यु भएको हो । आमा र बुबाबीच झगडा भएको निहुँदा छोरीले बाबुलाई पिटेकी हुन् । कुटपिटबाट बुबाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।