Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२१ वर्षीया युवती बलात्कृत, मिलापत्रदेखि घटनामा संलग्नताको आरोपमा ७ जना समातिए

हाम्रो कोशी आवाज
मंसिर २६ २०७७, शुक्रबार
२१ वर्षीया युवती बलात्कृत, मिलापत्रदेखि घटनामा संलग्नताको आरोपमा ७ जना समातिए

विराटनगरः मोरङमा २१ वर्षीया युवतीको बलात्कार गरेका अभियुक्तसँगै मिलेर घटनाको मिलापत्र गराउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपित बेलबारी नगरपालिका–८ का सुरेशकुमार खवास, सोही स्थानका ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षकै कलकनु खवास, रङ्गेली नगरपालिका–१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवासलाई बिहीबार पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गत भदौ २४ गते मोरङको धनपालथान गाउँपालिका वडा नम्वर ५ स्थित सुरेश खवासको धान खेतमा मल छर्ने क्रममा खवासले २१ वर्षीया युवतीलाई एक्लै पारी जवरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । गत असोज २५ गते इलाका प्रहरी कार्यालय रंगेलीमा पीडितले जाहेरी दरखास्त दिएपछि फरार रहेका अभियुक्त खवासलाई मंसिर १९ गते नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा उनीहरुले गाउँमा नै पीडित परिवारलाई ५ लाख दिई मिलापत्र गराएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । त्यसपछि मिलापत्र गराउने सबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नयाँ व्यवस्थाअनुसार मिलापत्र गराएको पाइएमा मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ । मिलापत्र गराउने व्यक्ति जनप्रतिनिधि अथवा सार्वजनिक पद धारण गरेको व्यक्ति भए थप ६ महिना कैदको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: मंसिर २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend