Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘जुन रोएको रात’ विमोचन

हाम्रो कोशी आवाज
मंसिर २९ २०७७, सोमबार
धरानमा ‘जुन रोएको रात’ विमोचन

धरानः धरानमा ‘जुन रोएको रात’ नामक कविता सङ्ग्रह समेटिएको पुस्तकको विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. भोलानाथ पोख्रेल, कवयित्री कुन्ता शर्मा, कवयित्री गणेशकुमारी राई, औजार दैनिकका अध्यक्ष मोतीराज सुनुवारलगायतले सो पुस्तकको विमोचन गरेका थिए ।
गुफाथुम्की गर्जनकी प्रधान सम्पादक जमुना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कवयित्री राईलाई सम्मान समेत गरिएको थियो ।
यस्तै, प्रबोध साप्ताहिक पत्रिकाका सम्पादक, प्रकाशक लम्जेल संघर्षशीलका बुबा रेशबहादुर लम्जेलको श्रद्धाञ्जलीसभा कार्यक्रम पनि आयोजना भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वी कमाण्ड इञ्चार्ज विमल निरौला थिए । कार्यक्रममा प्रबोध साप्ताहिकका उपसम्पादक नरेश विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन कवयित्री लता कार्कीले गरेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: मंसिर २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend