Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मंसिरमा मात्रै बिक्यो ५०० केजी सुन

हाम्रो कोशी आवाज
पुष २ २०७७, बिहिबार
मंसिरमा मात्रै बिक्यो ५०० केजी सुन

धरानः कोभिडले सुस्ताएको सुन बजारमा मंसिरमा निकै फस्टाएको छ ।
मंसिरमा देशभरि पाँच सय किलो सुन बिक्री भएको छ । विवाहको लगन भएकाले सुन कारोबार उत्साहजनक भएको हो । कारोबार बढेपछि बैंकबाट सुन लिन व्यवसायीबीच प्रतिस्पर्धा भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले विवाहको लगनका कारण मंसिरमा सुन कारोबार राम्रो भएको जनाएको छ । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले विवाहको सिजन भएकोले सुन बिक्री बढेको बताए । उनले अब अरु महिना कारोबार हुने सम्भावना कम रहेको बताए । व्यवसायीहरुले बिहेको लगन सकिएपछि बजारमा सुनको माग घटेको जानकारी दिन थालेको महासचिब बज्राचार्यले बताए ।
गत वर्षको मंसिरमा सात सय किलो सुन बिक्री भएको थियो । सुनको मूल्य ६० हजार रुपैयाँको हाराहारीमा हुँदा विवाहको लगन भएको महिना १२ सय किलोसम्म सुन बिक्री हुन्थ्यो । कोभिडका कारण झण्डै ६ महिना सुनचाँदी पसल बन्द भए । सुन पसल खुलेपनि कारोबार नभएर व्यवसायी संकटमा थिए ।
सुनको मूल्य एक वर्षमा प्रतितोला २१ हजार ६०० सय रुपैयाँले बढेको छ । गत मंसिरमा सुन प्रतितोला ७१८०० सय रुपैयाँ थियो । अहिले मंसिरको पहिलो साता सुन प्रतितोला ९५१०० रुपैयाँ कायम रहेको थियो एक महिनामा मूल्य उतारचढाब हुँदै प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति: पुष २ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend