Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का ९ जिल्लाका युवालाई स्वरोजगार बनाइने

हाम्रो कोशी आवाज
पुष ३ २०७७, शुक्रबार
प्रदेश १ का ९ जिल्लाका युवालाई स्वरोजगार बनाइने

धरानः प्रदेश १ सरकारले ९ जिल्लामा युवा लक्ष्यित रोजगार तथा स्वरोजगार सञ्चालनको तयारी थालेको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुका लागि यो लाभदायक कार्यक्रम हो ।
१८ वटा स्थानीय तहमा ‘स्किम बैंक’ सञ्चालन गर्दै यस्तो कार्यक्रम ल्याउन लागेको हो । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यान्वयनमा लगिने तयारी थालिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यन्वयनमा लैजान निर्देशन दिएका छन् ।
कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सुर्योदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङ्लुङ तथा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनौट गरेको सामाजिक विकास मनत्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदीप गौतमले जानकारी दिए ।
पुँजी, अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्किम नभएका युवाहरुलाई अनुकुलका उद्यम गर्न स्किम दिने गरी कार्यक्रम शुरु गर्न लागिएको गौतमले जानकारी दिए । चालु आर्थिक वर्षमा सीपमूलक तालिम सञ्चालनका लागि १० करोड ५० लाख विनियोज गरिएको छ । तालिम स्थानीय तहको मागबमोजिम सञ्चालन गरिने उनले बताए । उनले भने, ‘सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिने छ ।’

प्रकाशित मिति: पुष ३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend