Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भानुचोकमा पुतला दहन

हाम्रो कोशी आवाज
पुष १० २०७७, शुक्रबार
भानुचोकमा पुतला दहन

धरानः धरानमा संसद विघटनको विरोध भएको छ । असंवैधानिक कदम भन्दै जनता समाजवादी पार्टीले पनि धरानमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको पुतला जलाएको छ ।
पार्टीको केन्द्रीय निर्णय गरेअनुसार शुक्रबार धरानमा पनि नारा जुलुस गर्दै विरोध प्रदर्शन गरेको पार्टीले जनाएको छ । समाजवादीले पार्टी कार्यालयबाट नारा–जुलुस गर्दै भानुचोकमा कोणसभा गरेको थियो । प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि असंवैधानिक कदम भएको जनाएको समाजवादीले नाराबाजी गर्दै भानुचोकमा पुतला दहन पनि गरेको थियो । टायर बालेर पुतला दहन गरेपछि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई पार्टी धरान उपमहानगर समिति अध्यक्ष ताजुप लिम्बूले एकल निर्णयले गरेको निर्णय नमान्ने बताए । प्रम ओलीले संसारकै उत्कृष्ट संविधान भन्नेले असंवैधानिक कदम चालेको उनको आरोप थियो ।
नेपाली जनतालाई चुनावको खर्चले कोरोनाको खोप उपलब्ध गराउनपर्नेमा उनीहरुको जोड थियो । कोरोनाको नाममा भ्रष्टाचार गरेको भन्दै उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगाए ।

प्रकाशित मिति: पुष १० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend