धरानः धरान छाताचोक दक्षिण, पश्चिममा बनेको अमान बजारको नाम अब परिवर्तन हुने भएको छ ।
अब त्यो बजारको नाम ‘टेन टु टेन’ बजार नामाकरण गरिएको सञ्चालकमध्येका विपीन श्रेष्ठले जानकारी दिए । ‘खासमा यो बजारको नाम अमान बजार रहेको थियो । अब यस बजारको नाम बिहान १० बजेदेखि बेलुका १० बजेसम्म सञ्चालन हुने भएकोले टेन टु टेन बजार नाम राखिएको हो’, उनले भने ।
अहिले सो बजार पाँचजना युवायुवतीले तामझामका साथ चलाउने भन्दै लिजमा लिएका छन् । अहिले त्यहाँ सजिसजाउसहितको होटल पनि सञ्चालनमा आइसकेको छ । विपीनसहित सन्तोष राई, महेन्द्र गुरुङ, गीता बल र प्रकाश तामाङले सो बजारको जिम्मा लिएका हुन् । ‘यो बजारमा चल्ने बजारका रुपमा परिणत गर्ने हाम्रो लक्ष्य छ’, श्रेष्ठ भने ।
यसैबीच बजारको प्रचारप्रसारका लागि साङ्गीतिक कार्यक्रम समेत आयोजना गरेका छन् । बजारलाई रौनकता थप्नका लागि एकल साङ्गीति कार्यक्रम राखिएको उनले जानकारी दिए । क्रिसमस अवसर पारेर बिहीबार र शुक्रबार (आज) बेलुका ५ बजेदेखि १० बजेसम्म स्थानीय कलाकार इशान कार्कीको एकल साङ्गीतिक प्रस्तुति राखिएको उनले जानकारी दिए । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था रहेको उनले जानकारी दिए । यसअघि सो बजार अर्कै टिमले लिएको थियो । त्यतिबेला चल्नै सकेको थिएन । बजारमा छिर्ने ठाउँ भएपनि निस्किने ठाउँ नभएको भन्दै आलोचित समेत हुँदै आएको थियो । तस्वीरः लक्ष्मण थापा
