Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आयो धरानमा तमु ल्होसार

हाम्रो कोशी आवाज
पुष १४ २०७७, मंगलबार
आयो धरानमा तमु ल्होसार

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष ल्होसार मनाउने भएका छन् । हरेक पुस १५ गते (भोलि) मनाइने यो परम्परागत चाडका अवसरमा धरानमा तयारीलाई तीब्रता दिइएको छ । धरानमा ल्होसार धुमधामसाथ मनाउने तयारी थालिएको हो ।
यस वर्ष मुसा (च्यु ल्हो) लाई विदा गरेर गाई (च्वो ल्हो) लाई स्वागत गरिने तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समितिका अध्यक्ष पृथ्वीमान तमु गुरुङले जानकारी दिए ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समितिले धरान–१८ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलमा भेला भई कार्यक्रम सम्पन्न गरिने र तयारी पनि पूरा भएको अध्यक्ष पृथ्वीमानले जानकारी दिए ।
गुम्बा सजावट तथा सरसफाइ, पूजाआजालगायतको कार्यक्रम सकिएको उनले जानकारी दिए । मंगलबार (१४ गते) लामाहरुबाट पूजापाठ, आफ्नै मौलिक परम्पराअनुसार विभिन्न सांस्कृतिक कार्यक्रम, गाजाबाजा तथा पट्का पट्काई हर्षोल्लासका साथ स्वागतका साथ पर्व भित्रयाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।
यस्तै, १५ गते ग्रह शान्तिपाठ, पूजापाठ, प्रसाद ग्रहण तथा २५९९ औं तमु ल्होसारको उद्घाटन कार्यक्रम, शुभकामना आदानप्रदान तथा विभिन्न सांस्कृतिक तथा तमु राजा घोषणा कार्यक्रम राखिएको सचिव यम तमुले जानकारी दिए । यो पर्व देश–विदेशमा धुमधामसाथ मनाउने सचिव तमुले जनाए ।
उनले ल्होसार मनाउनका निम्ति तमु ह्युल छोंज धीं, तमु आमा समूहलगायत विभिन्न सङ्गठनहरु मिलेर मनाउन लागेको जनाए ।
जिल्ला कोषाध्यक्ष टंककुमारी गुरूङले जिल्लास्तरमा ल्होसारको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताइन् । ‘वर्षेनी जिल्लास्तरमा पनि यस्तो कार्यक्रम गर्दै आएका छौं, यसपटक पनि भव्यताका साथ यो पर्व मनाएका छौं ।’ उनले भनिन् ।
गुरूङले पुस १५ गते तोला ल्होसारका रुपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रुपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् ।
बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार नया“ वर्Èका रुपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङवा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । प्रत्येक १२ नयाँ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइन्छ । यो पर्व चीनमा विकास भएर तिब्बत हुँदै नेपाल आइपुगेको संस्कृतविद्हरु बताउँछन् । राम्रो लगाउने र मीठो खाने यो सांस्कृतिक पर्व नेपाललगायत चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायतका देशमा मनाइन्छ ।
फैलिएका गुरूङहरू बढ्दो भूमण्डलीकरणका कारण संसारभर छरिएर रहेका छन् नै आफू जहाँ रहेपनि आफ्नो भाषा, संस्कार संस्कृतिलाई माया गर्ने गुरुङ समुदायले पुस १५ गतेलाई तमु ल्होसारका रूपमा संसारभर धुमधामले मनाउँछन् ।
तस्वीरहरुः लक्ष्मण थापा

 

 

प्रकाशित मिति: पुष १४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend