विराटनगरः केराबारी–६ मा ट्याक्टरले किच्दा नाबालकको मृत्यु भएको छ ।
रोकीराखेको को१त ७५११ नम्बरको ट्याक्टरले किचेर जितेन तामाङका ३ वर्षीय छोरा पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुले बारीमा रोकेर राखेको सो टयाक्टरको गियर चलाउँदा किचेको थियो । खेल्दै पुगेका बालबालिकाले गिअर चलाउँदा गुडेर अगाडि बढेको ट्याक्टरले भुइँमा खेलिरहेका उनकै छोरालाई किचेको हो ।
ट्याक्टरले किचेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । उनका अनुसार घटनापछि ट्याक्टर र जितेनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।