Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नेवारी समुदायले आजदेखि यःमरी चखाउने

हाम्रो कोशी आवाज
पुष १५ २०७७, बुधबार
धरानमा नेवारी समुदायले आजदेखि यःमरी चखाउने

धरानः धरानका स्थानीयबासीले आफ्नै घरमा बनाएको यःमरी धरानेलाई चखाउने भएका छन् ।
आज साँझदेखि धरान–३ पुरानो बजारमा (सब्जी मण्डी छेऊ) रहेको शंखधर मार्गका स्थानीयबासीले घरमै उत्सव लगाउन लागेका हुन् । मेरिगोल्ड स्कुलदेखि सब्जीमण्डी छेऊसम्म यस्तो उत्सव आयोजना गरिने नेवाः देय् दवू धरान उप–महानगर समितिले नेवाः देय दबुका केन्द्रीय सदस्य अनिल मास्केले बताए । ‘यसअघि हामीले भव्यरुपमा उत्सव आयोजना गर्ने गरेका थियौं तर यस वर्ष कोरोना महामारीका कारण घरघरमै यःमरी उत्सवको आयोजना गरिनेछ ।’ उनले भने ।
यस्तो उत्सव आजदेखि भोलिसम्म चल्नेछ । ‘घरघरमा यमरी ११४१’ को नाम दिइएको उत्सव बुधबार दिउँसो ३ बजेदेखि शुरु हुने संयोजक अमृत श्रेष्ठले जानकारी दिए । शताब्दी इतिहास बोकेको यःमरी तथा नेवारी परिकारको संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
अहिले उत्सवका लागि शंखधर मार्गलाई झकीझकाउ पारिएको छ । उत्सवमा हरेक घरघरमा यमरी पाईनुका साथै लाखे नाच, धिमे बाजा र ठाकठुके लगायत नेवारी सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने राजीव हलवाईले जानकारी दिए । पर्यटन प्रवद्र्धनमा टेवा पुरयाउन साथै संस्कार, संस्कृतिको जर्गेनाका लागि यस्तो कार्यक्रम राखिएको उनले जानकारी दिए ।
नेपाली भाषामा य भनेको मनपर्ने र मरी भनेको रोटी वा मिठाइ हो । सबैलाई मनपर्ने भएकाले यसको नाम यःमरी राखिएको संस्कृतिविद् बताउँछन् । यःमरी पुन्ही वा यःमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व हो ।
नेवार समुदायले जाडो महिनामा यःमरी बनाएर खाने पर्व योमरी पुन्ही वा योमरी पुर्णिमा पर्व आज मनाउँदैछन् । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व योमरी पूर्णिमा हो । यो दिन विशेष प्रकारको परिकार (योमरी)बनाएर खाने गर्दछन् ।
नेवार समुदायमा यःमरीको विशेष महत्व छ । विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिन (जस्तो दुई वर्ष, चार वर्षको जन्मदिन) को अवसरमा नभई नहुने पकवान भएको संस्कृतिकर्मीहरुको भनाइ छ ।

प्रकाशित मिति: पुष १५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend