Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको महेन्द्र क्याम्पसको सटर कोठामा आगलागी

हाम्रो कोशी आवाज
पुष १८ २०७७, शनिबार
धरानको महेन्द्र क्याम्पसको सटर कोठामा आगलागी

धरानः धरानमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सटर कोठामा आगलागी भएको हो ।
भाडामा लगाउँदै आएको एक सटर कोठामा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । अक्वा सोलुसन इन्टरप्राइजेज नामक पसलमा आगलागी भएको हो । दिउँसो करिब ३ः२५ बजेतिर आगलागी भएको थियो ।
१५ वटा फिल्टर, कोठामा भएको फर्निचर जलेर नष्ट भएको सञ्चालक राजु राईले जानकारी दिए । आगलागीबाट अन्दाजी साढे सात लाख रुपैयाँ क्षति पुगेको अनुमान गरिएको उनले जानकारी दिए । ‘अहिलेसम्मको मोटामोटी क्षति भएको अनुमान लगाउँदा करिब साढे ७ लाख रुपैयाँजति क्षति भएको अनुमान गरेका छौं ।’ उनले भने ।
प्रहरी र धरान उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । ‘आगो निभिइसकेको छ’, डिएसपी बस्नेतले भने, ‘विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ ।’ दिनभर पसलमै बसेको र पसल बन्द गरेर गएपछि आगलागी भएको सञ्चालकको भनाइ छ ।

तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: पुष १८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend