सुनसरीमा भएको भेलामा प्रचण्ड-माधव पक्षका कार्यकर्ता ।
धरानः प्रदेश १ मा नेकपा विभाजनपछि कित्ताकाँटको क्रम पनि बढ्दो छ ।
प्रदेश १ का १४ जिल्लामध्ये प्रचण्ड–माधव पक्षमा खुल्ने अध्यक्ष ७ जना छन् भने प्रधानमन्त्री ओली पक्षमा खुल्ने ६ जना छन् । त्यस्तै, सचिवमा प्रचण्ड–माधवका १३ जना छन् भने ओलीका १ जना । धनकुटाका अध्यक्ष राईले अहिले कित्ताकाँट गरिसकेका छैनन् । सुनसरीका योगेन्द्र मण्डल, ताप्लेजुङका खेलप्रसाद बुढाथोकी, तेह्रथुमका लक्ष्मण तिवारी, संखुवासभाका हेमराज घिमिरे, उदयपुरका विनोद कटुवाल, खोटाङका देवान चाम्लिङ, ओखलढुंगाका मोहनकुमार खड्का प्रचण्ड–माधव पक्षमा खुलिसकेका छन् ।
यस्तै, पाँचथरका राजकुमार भण्डारी, इलामका राम राना, झापाका चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, भोजपुरका प्रेमकुमार राई, सोलुखुम्बुका मानवीर राई ओली पक्षमा खुलेका छन् ।
यस्तै, सचिवतर्फ (प्रचण्ड–नेपाल पक्ष) ताप्लेजुङका बलबहादुर साम्सोहाङ, पाँचथरका होमप्रसाद जबेगु, इलामका सोममाया राई, झापाका मणिकुमार साङपाङ, मोरङका गोपीबहादुर अछामी, सुनसरीका रमेश बस्नेत, धनकुटाका ऋषिराम ढुंगाना, तेह्रथुमका इन्द्रबहादुर इमसुङ, संखुवासभाका कृष्ण याख्खा, भोजपुरका विमल खड्का, सोलुखुम्बुका गोम्बु शेर्पा, ओखलढुंगाका मोहन श्रेष्ठ, उदयपुरका ईश्वरमणि राउत छन् । यस्तै, ओली पक्षतर्फ खोटाङका राम दंगालमात्रै छन् ।