Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाँच महिनामा ८२ मुद्दा दर्ता

हाम्रो कोशी आवाज
माघ २ २०७७, शुक्रबार
पाँच महिनामा ८२ मुद्दा दर्ता

फुङलिङः ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा गत साउनदेखि पुससम्ममा ८२ वटा मुद्दा दर्ता भएकोमा ४३ मुद्दा फछयौट भएको छ ।
गत साउनदेखि पुससम्ममा दर्ता भएको ८२ वटा मुद्दा मध्ये ४३ मुद्दा फछयौट र ३९ वटा मुद्दा फछयौट हुन बाकीँ रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गत २०७६–७७ को आर्थिक वर्षमा १ सय ६३ वटा मुद्दा दर्ता भएको थियो । ८६ मुद्दा फच्यौट भएको र ७७ वटा मुद्दा फछयौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले बताउनुभयो ।
गत साउनदेखि पुससम्ममा अभियुक्त ८२ जना रहेको छ । ८२ जना अभियुक्त भएकोमा ६५ जना अभियुक्त जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको श्रेष्ठले जानकारी दिनुभयो । १७ जना अभियुक्त अझै फरार प्रहरी कार्यालले जानएको छ ।
गत २०७६-७७ को आर्थिक वर्षमा १४६ जना अभियुक्त मध्ये १ सय २४ जना प्रहरीले पक्राउ परेका र २१ जना अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
गत साउनदेखि पुससम्ममा हराएका बालक ४, बालिका ४, महिला १४ र पुरुष ६ जना गरी जम्मा २८ जना मानिस हराएकोमा बालक ४, बालिका ४, महिला १२ र पुरष ४ जना गरी जम्मा २४ जना मानिस फेला परेको जिल्ला प्रहरी कार्यालयले जानएको छ ।
गत साउनदेखि पुससम्ममा साना ठूला गरी ६ सय ३ वटा सवारी साधन ट्राफिक कारवाहीमा परेको छ । जस मध्ये ३ लाख ९८ हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्याल ताप्लेजुङले जानएको छ ।

प्रकाशित मिति: माघ २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend