Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बालिका स्कुलमा गायन प्रतियोगिता

हाम्रो कोशी आवाज
माघ ९ २०७७, शुक्रबार
धरानको बालिका स्कुलमा गायन प्रतियोगिता

धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा शुक्रबार भएको बालिका सिङ्गीङ स्टारको पहिलो अडिसनबाट २० जना प्रतियोगीहरु छनोट भएका छन् ।
विद्यालयमा रहेको ज्योतिपुञ्ज बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा ३१ जना सहभागीहरुमध्ये २० जना दोस्रो चरणका लागि छनोट भएका हुन् ।
छनोट हुनेहरुमा सोनिका मुर्मु, भीषण लिम्बू, हेमा राई, एसिका राई, अजुमा राई, निशा राई, करुणा राई, मनिषा राई, मेनुका खड्का, अनिषा थापा मगर, सीता कडेल रहेका छन् ।
छनोट भएका अन्य प्रतियोगीहरुमा खुशी गुरुङ, एन्जिल राई, पवित्रा खड्का, मनिषा तामाङ, झर्ना लिम्बू, दिब्या तामाङ, पायल शेर्पा, आयुषा मगर र तृप्ती लिम्बू रहेका छन् ।
प्रतियोगितामा विद्यालयमा कक्षा–६ देखि कक्षा–१२ सम्म अध्ययनरत छात्राहरु सहभागी रहेको विद्यालयले जनाएको छ । दोस्रो चरणको अडिसन आगामी शुक्रबार हुने र फाइनल माघको अन्तिम शुक्रबार हुने क्लबका संरक्षक एवम् शिक्षक पदम लुइँटेलले जानकारी दिए ।
प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने शिक्षक लुइँटेलले जानकारी दिए ।
प्रतियोगीताका निर्णायकहरुमा विद्यालयका शिक्षिकाद्वय मीना खतिवडा, गंगा वन र पूर्व विद्यार्थी किरणबल लामा रहेका थिए ।
विद्यार्थीहरुका गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले सिङ्गीङ स्टारको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक इन्द्र राईले बताए । क्लबका अध्यक्ष समीक्षा राईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव श्रेष्ठ प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा विशेष अतिथी शिक्षक अभिभावक संघका अध्यक्ष कुमारबाजे आङ्बुहाङ, अतिथिहरुमा १६ नम्बर वडाका वडा सदस्य सुरेशकुमार श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका सदस्य दिभा श्रेष्ठ, उत्साह युवा तथा किशोरी महिला समूहका अध्यक्ष पुष्पा कटवाल, युथ क्रियशन सुनसरीका सुष्मा राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन छात्राहरु रिया राई, रेजिना विक र तुलसा राईले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: माघ ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend