धरानः विराटनगर–१७ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी धरान–९ का ३९ वर्षीय सुवास लामिछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा स्पास्मो प्रोक्जोभिन १६९ ट्याब्लेट, नाइट्राभेट १५ ट्याब्लेट, निटाजाकेयर २० ट्याब्लेट र डाइलेक्स डिसी २० बोतल लागूऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
उनीउपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।