धरानः पूर्वाञ्चल बागिना कला केन्द्र धरानका अध्यक्ष भक्तिराज राई गायक हुन् । गाउँमा छँदा घाँस–दाउरा गर्दा धेरैले गीत मन पराएर हौस्याएपछि उनी सांगीतिक क्षेत्रमा हाम फाले । अहिले उनी पूर्वाञ्चल सिंगिङ स्टार र मिस स्टेट १ प्रतियोगिता एकसाथ गर्दै आएका छन् । उनले प्रतियोगिताका बिजेतालाई स्टेजमै स्कुटी दिएर साथै रकम पनि दिएर चर्चामा छन् । विभिन्न प्रतियोगिता गर्ने आयोजकले ठगिएका समाचार बाहिरिरहँदा उनी भने ‘लङलाष्टिङ’ कार्यक्रमलाई अघि बढाउन चाहन्छन् अनि भन्छन्–एकैपटक झ्याप्पै कमाऔं भन्ने पनि यही देशमा छन् । प्रस्तुत छ, भिडियोमा उनीसँग गरिएको कुराकानीः