धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले सुनसरीको रामधुनी नगरपालिकाको वडा नं ६ र ७ का १८ जना अति विपन्न परिवारलाई जाडोमा फाइवर सिरक प्रदान गर्नु भएको छ ।
सुनसरीको रामधुनी वडा नं ६ मा पार्टीको नगर कमिटीको आयोजनामा ६ नं वडा कमिटी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमका बीच वरिष्ठ नेता राईले विपन्न परिवारलाई सिरक वितरण गरेका हुन् ।
सिरक पाउनेहरुमा वडा नं ६ का कुविर लिम्बू, पृथ्वी राई, विपन विक, बालकृष्ण राजधामी, मनोदेवी चौधरी, कोलदेवी चौधरी, दुनियादेवी थरुनी, लिलाकुमार राई, दसनी सदा, पानो सदा, रक्सी राजधामी, दुःखनी थरुनी, लोली थरुनी, टेकबहादुर राई, बुधमाया परियार, मौली राजधामी, सन्फा सदा, अभाली सदालगायत छन् ।
अति विपन्न समुदायका वृद्धवृद्धा, अपाङ्ग, अशक्तहरुलाई सिरक प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा, राप्रपा लगायत पार्टी परित्याग गरी जसपा प्रवेश गरेका छन् । उनीहरुलाई वरिष्ठ नेता राईले खादा लगाएर सम्मानका साथ पार्टी प्रवेश गराएका थिए ।
यसैबीच पार्टीको रामधुनी ६ नं वडा कमिटी समेत गठन भएको छ । शिलास राईको अध्यक्षतामा गठित वडा समितिको उपाध्यक्षमा प्रविन राई, सचिवमा मनोज लिम्बू, सहसचिवमा भीम राई, कोषाध्यक्षमा ममता चौधरी, सदस्यहरुमा सुमन राई, निश्चल तामाङ, वीरवल राई, जीवन राई, संगीत भुजेल, नगेन्द्र लिम्बू र मनोज राजधामी रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम बस्नेत, प्रदेश कमिटी सदस्यद्वय राममानडुपा राई तथा कृष्ण लिम्बू, जिल्ला अध्यक्ष भगिरथ खत्वे, सचिव प्रदीप कार्कीलगायतका नेताहरुको उपस्थिति थियो ।