Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरले ब्याडमिन्टन खेलायो

हाम्रो कोशी आवाज
माघ १७ २०७७, शनिबार
धरान उपमहानगरले ब्याडमिन्टन खेलायो

धरानः धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज शनिबार सम्पन्न भएको हो । प्रातियोगिता धरान–१३ स्थित रहेको जनपथ विद्यालयको ब्याडमिन्टन कोर्डमा भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम रमेश राई, द्वितीय राजेन्द्र राई, तृतीय राम माबो र चौथो चन्द्र प्रकाश खनाल भए भने महिलातर्फ प्रथम स्वेता राई, द्वितीतय लक्ष्मी तामाङ, तृतीय सम्झना विक र चौथो मिना कुलुङ भएका छन् ।
पुरुष र महिलातर्फका प्रथम, द्वितीय, तृतीय र चौथो भएका खेलाडीले पुरस्कार क्रमशःनगद ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँसहित प्रमाण पत्र र ट्रफी हातपारे । यस्तै, उत्कृष्ट खेलाडीतर्फ रमेश राई र लक्ष्मीतामाङ घोषित हुँदै नगद एक एक हजार रुपैयाँ पाउन सफल भए ।
सुवास राईको अध्यक्षतामा भएको प्रतियोगितामा विजेता खेलाडीहरुलाई धरान उपमहानगरका प्रमुखतिलक राई, धरानउपमहानगरका सल्लाहकार सदस्य अनिल श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख रामचन्द्र कार्की र जेनिथ स्कुलका प्रिन्सिपल सुमन जबेगुले पुरस्कार वितरण गरेका थिए ।
कर्मचारीहरुको मनोबललाई उच्च राख्न धरान उपमहानगरपालिकाले वर्षेनी यस्तो प्रतियोगिताहरु आयोजना गर्दै आएको मेयर तिलक राईले जानकारी दिए । प्रतियागितामा २८ पुरुष र २२ जना महिला कर्मचारीले सहभागिता जनाएको धरान उपमहानगरका सामान्य प्रशासन शाखा प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: माघ १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend